आधारभूत मुल्य मान्यताहरु
विश्वसनीय र स्तरीय सेवा
सेवाग्राहीलाई केन्द्रमा राखी सम्पूर्ण जानकारी सहित छिटो छरितो, प्रविधियुक्त, विश्वसनीय र मुस्कान सहितको सेवा प्रदान ।
वृहत्तर लाभ
नागरिक र समाजको वृहत्तर लाभ केन्द्रित सोंच, विचार, सिद्धान्त, नीति, विधि र व्यवस्थाबाट सिंचित व्यवसायीक व्यवहार ।
उपलब्ध श्रोतको न्यायपुर्ण उपयोग र वितरण
समग्र आर्थिक समुन्नतिमा टेवा पुग्ने गरी श्रोतको उपयोग, शून्य केन्द्र्रित खराव सम्पत्ति, जहांको श्रोत त्यहिंको दिगो विकास केन्द्रित व्यवसायीक व्यवहार,लाभको न्यायोचित वितरण, उत्पादनशील क्षेत्रमा श्रोतको परिचालन, स्थानिय नागरिकका आवश्यकता केन्द्रित वित्तीय सेवाहरुको विकास नीति र कार्यान्वयन ।
संस्थागत सुशासन
नीति, विधि र व्यवस्थाको लयवद्ध प्रवाह सहितको निरन्तर पालना ।
पारदर्शिता
सबै तह–सोंच निर्माण/परिमार्जन, नीति निर्माण, निर्णय प्रकृया, सञ्चालन पद्धति र सञ्चालन व्यवहार–मा गरिने कृयाकलापमा स्पष्टता, परिशुद्धता,सम्बन्धित सबैको कृयाशील एवं सार्थक सहभागिता र परिपक्व सूचना प्रवाह।
निष्पक्षता
सबै नागरिक प्रति समान आदर र व्यवहार, कर्मचारी नियुक्ति लगायत संस्थाबाट प्रवाहित हुने सम्पुर्ण गतिविधिमा सम–आदर र निष्पक्षताको नियमितसुनिश्चितता।
गतिशील मानव संशाधन
व्यवसायीक रुपमा सक्षम, समर्पीत, सत्यनिष्ठ, प्रशन्न, अध्ययनशील, आत्मविश्वासी, निर्भीक र शालिन मानव संशाधनको परिचालन ।