August.01, 2021
Subsidy loan data asadh.pdf
अधिक जान्नुहोस्
June.20, 2021
Vendor Listing Notice
अधिक जान्नुहोस्
March.12, 2021
Tax on Bonus Share List
अधिक जान्नुहोस्
July.15, 2020
List of non‐operative account for 10 years as on 2077 Ashad 31(15 july 2020)
अधिक जान्नुहोस्

समाचार

समाचार खोज्नुहोस्:
देखि
सम्म

ज्योति विकास बैंक लिमिटेडको १३ औं वार्षिकोत्सव

ज्योति विकास बैंकले श्रावण ९ गते शनिबारको दिन स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो। बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि प्रसादले समारोहको अध्यक्षता गर्नुभएको थियो। साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी श्री ध्रुव उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष श्री ध्रुव कुमार भट्टराईको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत​ आयोजना  गरेको छ । सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको छ​। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भ​एको हो।

बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक श्री सुरेन्द्र बहादुर नेपाली​ले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि रु १० लाख २० हजार प्रदान गर्नुभ​एको थियो। कार्यक्रममा अध्य​क्ष श्री हरि प्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गर्नुभयो। साथै अध्यक्ष प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सधैं क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरुलाई अनुसरण गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले नेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन उद्यमशीलता विकास गर्नु पर्ने, त्यस्तो उद्यमशीलता प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रले प्रयास गरिरहेको र त्यस्तो प्रयासलाई प्रोत्साहन गर्दै ज्योति विकास बैंकले गरेको सहयोग उदाहरणीय रहेको विचार व्यक्त गर्नुभयो।

१३ औं वार्षिकोत्सवको अवसरमा बैंकले “ज्योति परिवर्तनकारी कर्जा” नामक कर्जा योजना सार्वजनिक गरेको छ। उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मुल्यांकन तथा न्युनतम कागजात सहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो।

वार्षिकोत्सवकै अवसरमा बैंकले शुन्य मौज्दातमा बचत, डिम्याट र मेरो शेयर एउटै खातामा ३ सुविधा भएको ज्योति Smart Savings खाता तथा ज्योति Contanctless Card पनि सार्वजनिक गरेको छ। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट​ले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय​ र मुल्य मान्यताहरुको अधीनमा रहि बैंकलाई सुदृढ​, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

थप पढ्नुहोस्

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघ​बीच सहकार्यको लागि सम्झौता भएको छ। महासंघ​मा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र र नेपाल फर्निचर तथ फर्निसिङ्ग उद्यमी महासंघका तर्फबाट महासंघका महासचिव​ श्री ओम बहादुर बस्नेत​ले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौता अनुसार बैंकले महासंघ​मा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ। साथै ज्योति विकास बैंकले महासंघ​ अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ। व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन्। 

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त महासंघ​ संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

थप पढ्नुहोस्

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सम्झौता

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ। रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल का तर्फबाट रेबानका अध्यक्ष श्री अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।

सम्झौता पश्चात् ज्योति विकास बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ। व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध  गराउन सक्नेछन्। 

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वितिय साक्षरता,उद्यमशीलता विकासका निमित्त रेबान संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

थप पढ्नुहोस्

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ (FNGSGJA) बीच सहकार्य

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ। महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारस राज कंडेल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तर्फबाट महासंघका अध्यक्ष श्री रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ। यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ। 

 

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

थप पढ्नुहोस्

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा. लि. बीच सम्झौता

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा. लि. बीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ​। सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकाल​ले हस्ताक्षर गर्नुभएको थियो।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई  ७०% सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ​। बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ​।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ​ ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ​। सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा​ गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ​।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

थप पढ्नुहोस्

ज्योति विकास बैंकको "ज्योति विकास बैंक बोन्ड २०८७" ऋणपत्र निष्काशन

ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने रु. १.५ अर्ब रुपैयाँको "ज्योति विकास बैंक बोन्ड २०८७" ऋणपत्र निष्काशन खुल्ला गरेको छ। बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।

९% वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो। रु. १.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि रु. ६० करोड र व्यक्तिगत/विभिन्न संघसंस्थाहरुका लागि रु. ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो।उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

थप पढ्नुहोस्

ज्योति विकास बैंक र क्यान बीच सम्झौता

ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान​) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भ​एको छ​। दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने छन्।

शुक्रबार​ एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारस राज कंडेल र क्यान​का तर्फबाट क्यान​का उपाध्यक्ष श्री रञ्जित कुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

साथै सम्झौता अनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नेछ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

थप पढ्नुहोस्

ज्योति विकास बैंक लिमिटेडको १२ औं वार्षिकोत्सव​

 

ज्योति विकास बैंकले श्रावण ९ गते शुक्रबार​को दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो। बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काले समारोहको अध्यक्षता गर्नुभएको थियो। साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा  शेयरधनी श्री ध्रुव उप्रेती, संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष श्री ध्रुव कुमार भट्टराई र संस्थापक शेयरधनी श्री हरि प्रसादको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको  छ  जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन्।

सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको  “ न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय​ गरेको छ​। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा       “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भ​एको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि रु ८ लाख  सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभ​एको थियो। अध्य​क्ष श्री हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुंदै ग्राहकवर्ग​, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताउनुभयो । अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २% छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराउनुभयो ।

१२ औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ​। कार्यक्रमका विशिष्ट अतिथि श्री हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१औं ATM को पनि डिजिटल उद्घाटन गर्नुभ​एको थियो।

वार्षिकोत्सवकै अवसरमा ग्राहकवर्गहरुलाई शेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डि पि  (Depository Participant) सेवा” सुचारु गरेको छ​। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ​।

सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ​। सञ्चालक समितिका अध्य​क्ष श्री हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट​ले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र​ प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट​ले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय​ र मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले  ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताउनुभयो ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३१  अर्व लगानी गर्न सफल भएको छ ।

 

 

……….………………………………………….

रामहरि आचार्य​​

सूचना अधिकारी

थप पढ्नुहोस्

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्री श्रीचन्द्र भट्ट नियुक्त

ज्योति विकास बैंकको सञ्चालक समितिको मिति २०७७ साल​  असार २५ गते बसेको  बैठकले श्री श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ​। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री भट्टले यहि आउँदो श्रावण ७ गते बुधबार​ देखि आफ्नो ४ वर्षीय​ कार्यभार सम्हाल्नुहुनेछ​।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३५ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३०  अर्व लगानी गर्न सफल भएको छ ।

थप पढ्नुहोस्

कोरोना विरुद्धको लडाइँमा ज्योति विकास बैंकद्वारा एचएफएनसँग सहकार्य

ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एच​एफ​एन) सँग  बुधबार रु २ लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ । बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ​एचएफ​एनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन​-९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो।

एचएफ​एनको एन​-९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन-९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनाउंदछ​। सो प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त​ डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन-९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएको छ​​। स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन-९५ मास्क र पीपीईको सजिलो पूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पुर्याउनेछ​। एचएफ​एनले पहिलो चरणमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ​।

डिजिटल वेबिनारमार्फत भ​एको उक्त सहकार्य सम्झौतामा ज्योति विकास बैंककोतर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा हेल्थ फाउण्डेसन नेपाल (एच​एफ​एन)का कार्यकारी निर्देशक ​मदन राज भट्ट्ले हस्ताक्षर गर्नुभयो। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ​ र आगामी दिनहरुमा पनि समाजमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ​।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु.२९  अर्व लगानी गर्न सफल भएको छ ।

थप पढ्नुहोस्

द्रुत र सजिलो पहुँच