connectIPS मा खाता link गरी भेरीफाई अन्लाईनबाटै गर्न सकिने
connectIPS को वेव साइट www.connectips.com मा गएर त्यसमा भएको “Link Account” भित्र आफ्नो खाता Link गरिसकेपछी “Self Account verify ” मा क्लिक गरी खातालाई verify गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण, OTP (One Time Password) र Micro Deposits को आधारमा सुरक्षित रुपमा अन्लाईन verification हुने व्यवस्था गरिएको छ। जस अनुसार connectIPS सिस्टममा ग्राहाकले आफ्नो खाता नम्बर, नाम र मोबाइल नम्बर दर्ता गरे पश्चात उक्त विवरण CBS मा verification को लागि पठाइने छ । उक्त विवरण को आधारमा connectIPS सिस्टमले प्रथम चरण मा Register मोबाइल मा SMS OTP पठाउने छ र दोश्रो चरणमा ग्राहाकले Register गरेको खातामा २ वटा Micro Deposit Amounts ( रु १ भन्दा सानो रकम ) जम्मा गरिदिने छ र सो रकम Register गरेको खाता Verification purpose को लागि प्रयोग गर्नु पर्ने हुन्छ । अब OTP र उक्त रकम ग्राहाकले सम्बन्धित साखा मा सम्पर्क गरेर , Statement हेरेर वा मोबाईल/ईन्टरनेट बैंकिङ्ग बाट हेरेर connectIPS को सिस्टममा राख्नु पर्ने हुन्छ। यो Amount verifiy भए पश्चात उक्त Micro Deposit Amount सिस्टम ले नै Auto Reversal गर्ने छ र ग्राहक को खाता connectIPS मा Activate हुने छ।
यो सुबिधा मार्फत Activate भएका खातामा कारोबार सिमा तल उल्लेखित बमोजीम तय गरिएको छ :
प्रति दिन अधिकतम जम्मा कारोबार रकम रु एक लाख।
प्रति महिना अधिकतम जम्मा कारोबार रकम रु दश लाख।
यो सेवा एकल स्वमित्व भएका चल्ती बचत र Overdraft खाता हरुमा मात्र सुचारु गर्न सकिने छ।
यो सुबिधा मार्फत अन्लाईनबाटै connectIPS मा खाता link गर्ने सुविधाले हालको महामारीले निम्त्याएको लकडाउनको बिषम परिस्थितिमा पनि हाम्रो बैंकका ग्राहाकले घरमै बसी सहज तरिकाले connectIPS मार्फत आफ्नै बैंक तथा NCHL सदस्य बैंक हरुमा सजिलै फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानी सेवाहरु घरबाटै गर्न सकिने भएको छ ।